NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व द्वादशी - १२

परिचय

मुलुकमा सङ्घीय शासन प्रणाली लागु भए अनुसार हाल लुम्बिनी प्रदेशको दक्षिण पश्चिममा रहेको वर्दिया जिल्लामा दुई वटा नापी कार्यालयहरु रहेका छन् ।नापी कार्यालय बर्दियाको कार्य क्षेत्र कर्णाली पुर्वको भूभागका छ वटा स्थानीय तहहरु (गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिका) रहका छन् भने बाँकि दुई वटा स्थानीय तह (राजापुर नगरपालिका र गेरुवा गाउँपालिका) नापी कार्यालय राजापुरको कार्यक्षेत्रमा पर्दछन् ।

नेपाल सरकारको भूमि प्रशासन हेर्ने महत्वपुर्ण निकायको रुपमा रहने नापी कार्यालयहरु मध्ये नापी कार्यालय वर्दिया पनि एउटा सङ्घीय सरकार मातहतको कार्यालय हो । भूमि प्रशासनमा प्राविधिक काम गर्ने कार्यालयको रुपमा मेन्टिनेन्स नापी शाखा हुँदै नापी शाखा रहँदै आएकोमा वि सं २०६५ सालमा नेपाल सरकारले तत्कालिन नापी गोश्वाराहरुलाई खारेज गरी नापी गोश्वाराले गर्ने नापनक्साको काम समेत गर्ने गरी नापी शाखाहरुलाई नापी कार्यालयमा परिणत गरेको थियो । नापी विभागले देशभरीका नापी कार्यालयहरुलाई कामको प्रकृति तथा कार्यवोझको आधारमा वर्गिकरण गरे अनुसार यो कार्यालय पनि नापनक्सा गर्ने अधिकार सहितको ख वर्गको नापी कार्यालय हो । हाल यो कार्यालयले कित्ताकाट, नक्सा प्रिन्ट, कित्ता एकिकरण, टायल चेक, फिल्ड रेखाङ्कन, फिल्डवुक उतार र पुन नापी बमोजिमको जग्गा दर्ता गरी पुर्जा उपलव्ध गराउने लगायतका अद्यावधिक सम्बन्धीका कार्यहरु गर्दछ भने यो कार्यालयलाई नाप नक्सा गर्ने अधिकार समेत रहेको हुँदा जिल्लाका विभिन्न स्थानीय तहहरुमा पुन: नापजाँचको कार्य पनि गर्दछ ।